चुनाव नजिकिदै गर्दा दलहरुबाट आचारसंहिता उलंघन

पोखरा– संबिधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिदै गर्दा कास्कीका राजनैतिक दलहरुले निर्वाचन आचारसंहिताको उलंघन गरेका छन् । नेकपाएमाले कास्की क्षेत्र नं ३ को आयोजनामा भएको चनावी सभामा निर्वाचन आचार संहिता उलंघन भएको छ । क्षेत्र नं ३ को आयोजनामा शुक्रबार भएको सभामा बाटो छेकेर मंच निमार्ण गरिएको थियो । दिउसो १२ बजे देखि शुरु भएको सभा ४ बज्दा सम्म सकिएको थिएन ।

उमेद्धवार रबिन्द्र अधिकारी सहित एमालेका केन्द्रिय नेताहरुको समेत सहभागीता रहेको थियो । जस्ले गर्दा यात्रुहरुका साथै बिदेशी पर्यटक समेत प्रभाबित बनेका थिए । कास्कीको भरतपोखरी जाने बाटोमा गरिएको उक्त सभा सवारी साधन रोकिएका थिए भने पैदल यात्रुले समेत राम्ररी हिड्न पाएका थिएनन् । पोखरा घारीपाटन घर भएकी संगिता बुढाथोकी स्कुटर चडेर घरबाट निस्कीएकी थिईन् बाटो छेकेर सभा गरिएको उनले घुमाउरो बाटोबाट आफ्नो गन्तब्य सम्म पुग्नुपर्ने भयो । “बाटै छेकेर मंच बनाएको रहेछ अब घुमेर जान्छु ”

त्यसैगरी नेपाली काँग्रेसले पनि घरदैलो कार्यक्रम चोक चोकमा शुरु गरेको छ । नेपाली काग्रेस क्षेत्र नं ३ को आयोजनामा बिहिबार भएको घरदैलो कार्यक्रम र्सजना चोकको मुलबाटो छेकेर गरिएको थियो । प्रहरीहरुले बाटो अवरोध नर्गनुस भन्दा पनि अटेर गरेर सभा गरिएको थियो । बिहिबार एकिकृत नेकपा माओवादीको जिल्ला स्तरिय आम सभामा सहभागी हुनजाने कार्यकर्ताहरुले करिव एक घण्टा सम्म पोखराको न्यूरोड अवरुद्ध पारेका थिए ।

कमेन्टहरु
Loading...