वीरगञ्ज । रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल बाबा होटल आइसोलेसनमा उपचारको क्रममा आज बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजले जानकारी दिएको छ ।
असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको आसोज ८ गते पीसीआरका लागि स्वाब नमुना संकलन गरिएको थियो ।