पोखरा । पोखरा महानगरपालिकामा वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत ७ जना प्रहरी सहित थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत ७ जना प्रहरीमा ४ जना पुरुष तथा ३ जना महिला प्रहरी रहेका छन् ।
त्यस्तै पोखरा ४ र ५ का १/१ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नम्बर ६ का ३० र ६५ वर्षीय २ जना पुरुष सहित ५५ वर्षीय १ जना महिला, वडा नम्बर ८ का २५ तथा ९ का ३४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । पोखरा १० की ३२ वर्षीय महिला तथा ५७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नम्बर १३ का ४३ र ४९ वर्षीय २ जना पुरुष सहित २८ वर्षीय १ जना महिला, वडा नम्बर १४ का ३८ वर्षीय पुरुष, १५ का ८ वर्षीय बालक सहित २८ र ३७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १६ र १७ का ३७ तथा २३ वर्षीय पुरुष, १८ का ३४ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै पोखरा २७ की ४१ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।
पोखरा ५, ६, ८, १०, १६ र १७ नम्बर वडाका १/१ जना भारतबाट आएका हुन् ।
यस अगाडि पोखरामा ४२ दिनका नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै कास्की कै अन्नपूर्ण गाउँपालिकाका १ जनालाई समेत संक्रमण पुष्टि भएको थियो ।
बाग्लुङका ७ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका तथा जैमिनीका ७ जनालाई संक्रमण पुष्टि भएको हो । बाग्लुङ नगरपालिकामा कार्यरत ३ जना नेपाल आर्मी तथा २ जना नेपाल प्रहरीलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही नगरपालिका ११ का संक्रमित पुरुष सार्वजनिक सवारीसाधन चालक रहेका छन् । त्यस्तै जैमिनीका १ महिला तथा १ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
लमजुङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको राइनास ७ का २२ वर्षीय पुरुष हुन् ।
तनहुँका ३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको घिरिङ ४ का १९ र २८ वर्षीय तथा ३ का २४ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यता गोरखाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी आरुघाटका २६ वर्षीय पुरुष हुन् । उनी पर्साबाट जिल्लामा पुगेका हुन् ।
यस्तै नवलपरासी (ब.सु.पू) का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कावासोतीका हुन् । कावासोती ३ का ३६ वर्षीय महिला तथा ३२ वर्षीय पुरुष, वडा नम्बर ९ का १२ वर्षीय बालक तथा १५ वर्षीय किशोरी र वडा नम्बर १४ का ४७ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्ण ३ हजार ९ सय १० पुगेको छ ।