बुटवल । भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा १ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । कपिलवस्तुको बृद्धभुमी नगरपालिका १ की ५० वर्षीय महिलाको कोरोना भाइरस संक्रमणबाट भैरहवा मेडिकल हलमा उपचारका क्रममा ज्यान गएको हो । निमोनिया, सुगर, थाइराइड लगायतका दीर्घ रोगबाट ग्रसित उनको मंगलबार राति साढे ३ बजे ज्यान गएको हो । स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि अस्पताल पुगेर उनले पिसिआर परीक्षण गराएकी थिइन् । उनलाई असोज ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
