चितवनमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा १० वर्षीय बालिका सहित थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा जिल्लाका थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकाका ६ जना, कालिका नगरपालिकाका १ जना, राप्ती नगरपालिकाका १ जना तथा खैरहनी नगरपालिकाका ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । १ सय ३३ जनाको स्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा १० वर्षीय बालिका सहित १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कमेन्टहरु
Loading...