नेपाललाई रुसले काेभिड-१९ काे २ कराेड ५० लाख भ्याक्सिन उपलब्ध गराउने

काठमाडौं । नेपालका लागि रुसले २ कराेड ५० लाख डाेज काेभिड-१९ काे भ्याक्सिन सहयाेग गर्ने भएकाे छ । रुसको सार्वभौम सम्पत्ति कोषले उत्त सहयाेग गर्ने बताईएकाे छ । कोषले मंगलबार ट्रिनिटी ​​फार्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड १९ भ्याक्सिन २ करोड ५० लाख डोज उपलब्ध गराउने सहमति भएको छ । 

उत्त सहमित अनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड-१९ खोप ‘स्पुतनिक-भी’ उपलब्ध गराउन सकिने जनाइएको छ । यो भ्याक्सिन नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ ।

सम्झौताले धेरै देशहरूले कोरोना भाइरस भ्याक्सिन पोर्टफोलियोमा ‘मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म’मा आधारित भ्याक्सिनको महत्त्वलाई मान्यता दिने जनाइको छ । “मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म एक राम्रो अनुसन्धान गरिएको भ्याक्सिन प्लेटफर्म हो । जुन दशकौंसम्म सुरक्षित साबित भएको थियाे। जसमा ७५ अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशनहरू र २५० भन्दा बढी क्लिनिकल परीक्षणहरू समावेश भएकाे रुसी प्रत्येक्ष सी लगानी काेषले जनाएको छ ।

उत्त रुसी भ्याक्सिन क्लिनिकल परीक्षणहरूले कुनै गम्भीर प्रतिकूल असर नदेखाएको र ‘स्पुतनिक भी’ले शतप्रतिशत सहभागीहरुमा स्थिर ‘ह्‍युमरल र सेलुलर’ प्रतिरक्षा प्रतिक्रिया उत्पन्‍न गरेकोसमेत भनिएको छ ।

११ अगस्तमा, २०२० मा जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित ‘स्पुतनिक भी’ भ्याक्सिन रसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो । मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड-१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो भ्याक्सिन भएकोसमेत दाबी समेत गर्दै आएकाे छ । गत सेप्टेम्बर ४ मा,’स्पुतनिक भी’ पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाबारेमा ल्यान्सेट जर्नलमा प्रकाशित भएकाे थियो । 

विश्वका विभिन्न मलुक लगायत एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी देशहरुले ‘स्पुतनिक भी’ को माग गरेकोसमेत जनाइएको छ । आरडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलिनय डोज, ब्राजिलसँग ५० मिलियन, भारत – १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता गरिसकिएको जनाकारि गराईएकाे छ । 

उत्त भ्याक्सिन रुसी राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई पनि लगाइसकेको र सबैभन्दा पहिला शिक्षक र स्वास्थ क्षेत्रमा सग्लन रहेका मानिसहरु साथै उच्च घरनाका अधिकारीहरू र राजनीतिज्ञहरूले पनि खोप लगाइसकेका बताएको छ । पश्‍चिमा राष्ट्रहरु र अमेरिकाले उत्त भ्याक्सिन विकासमा रुसले क्लिनिकल परीक्षणका मापदण्ड पालना नगरेको आराेप समेत लगाएको जनाईएकाे छ । उत्त भ्याक्सिनलाई स्वास्थ्य संगठनले भने मान्यता दिएको छैन ।

कमेन्टहरु
Loading...