पोखरामा आज २६ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखराका थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा १ का ३५ वर्षीय १ जना पुरुष, वडा नम्बर ६ का १९ वर्षीय पुरुष, ७ का २३, २७ र २९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नम्बर १० का ३१ वर्षीय, का ११ का ३९ वर्षीय, १३ का ५९ वर्षीय, १७ का ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । वडा नम्बर २६ का २६ वर्षीय तथा वडा नम्बर २९ का २९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज बिहान समेत पोखरामा ९ वर्षीय बालिका सहित १४ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै पोखरामा आज २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यता स्याङ्जाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित आँधीखोला गाउँपालिका तथा पुतलीबजार नगरपालिकाका हुन् । पुतलीबजार नगरपालिकाका १७ र ३० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । त्यस्तै आँधीखोला गाउँपालिका ३ का १९ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गोरखामा समेत ३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिकाका ३५ वर्षीय १ महिला तथा १७ र ३२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

तनहुँका ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका ७ का २१ वर्षीय र वडा नम्बर ४ का ३० र ४३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै म्याग्दे गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

त्यस्तै नवलपरासी (ब.सु.पू) का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित बौदिकालिका २ का ४७ वर्षीय पुरुष हुन् । संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका आधारमा भेटिएका हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ३३ पुगेको छ ।

कमेन्टहरु
Loading...