बाग्मती प्रदेशसभाकी सांसद तथा पूर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमालाई कोरोना पुष्टि

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा मकवानपुरकी अध्यक्ष तथा बाग्मती प्रदेशकी प्रदेशसभा सदस्य समेत रहेकी मनु सिग्देललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाबाट असोज ५ गते काठमाडौं फर्किए पछि उनलाई रुघाखोकी लाग्ने समस्या देखिएको थियो ।

रुघाखोकीको समस्या देखिएपछि ललितपुरको विध ल्याबमा परीक्षण गराउँदा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

उनको अवस्था अहिले सामान्य छ । संक्रमण पुष्टि भए पछि सांसद सिग्देल अहिले होम आइसोलेसमा बसेकी छिन् । उनको परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन ।

सिग्देल प्रतिनिधिसभा सांसद विरोध खतिवडाकी श्रीमती तथा पूर्व मिस श्रृंखला खतिवडाकी आमा हुन् ।

कमेन्टहरु
Loading...