सिद्धवराह उच्च माविको रजत जयन्तीको तयारी तीव्र

मंसिर २६ गते पोखरा/कास्कीको चापाकोट गाँउ विकास समितिको माझथुममा रहेको सिद्धवराह उच्च माविले आउँदो फागुन १६ गतेदेखि मनाउने रजत जयन्तीको तयारी तीव्र पारेको छ । तयारी अन्र्तगत प्रचारप्रसार उपसमितिको आज वसेको वैठकले प्रचारप्रसार अझ व्यापक वनाउने निर्णय गरेको संयोजक निर्मल पौडेलले जानकारी दिए ।

वैठकले यस समितिलाई विस्तार समेत गरेको छ । समितिका सदस्यहरुमा भानु पराजुली, सूर्य भण्डारी, कृष्ण देवकोटा, जीवन दाहाल, सागरराज तिमिल्सीना, रवीन्द्र तिमिल्सिना, दिपक पुरी, पवन तिमिल्सिना, विनोद वस्ताकोटी र वैकुण्ठ पौडेल रहेको संयोजक पौडेलले जानकारी दिए । प्रचारप्रसार उपसमितिको सल्लाहकारमा गंगाधर पराजुली, प्रजापति पराजुली, केपी शर्मा र टंक अधिकारीलाई चयन गरिएको छ । प्रचारप्रसार अन्र्तगत सवै गाँउ विकास समितिमा भेला तथा गोष्ठी आयोजना गरिने भएको छ ।

प्रचारप्रसारकै कार्यक्रम अन्र्तगत विद्यालयका भूतपूर्व विद्यार्थी तथा पत्रकारहरुवीच पोखरामा अन्र्तक्रिया समेत भएको छ । अन्र्तक्रियामा सहभागीले विद्यालयको रजतजयन्ती मनाउन व्यापक र रचनात्मक कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए । उनीहरुले सिद्धवराह उच्च माविमा पढेका सवै भूतपूर्व तथा सरोकार राख्ने सवैलाई सहयोगका लागि आव्हान गर्न समेत सुझाएका थिए । यसैगरी आउँदो पुष ७ गते शनिवार विद्यालय प्राङ्गण सिद्धवराहमा भूतपूर्व विद्यार्थीहरुको भेला गर्ने भएको थियो ।

रजतजयन्ती मनाउन विभिन्न उपसमिति समेत गठन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पराजुलीले जानकारी दिए । कास्कीको भदौरे तामागी, चापाकोट, कास्कीकोट र ढिकुरपोखरी गाविसको संगमस्थलमा रहेको यस सिद्धवराह उच्च मावि २०४४ सालमा खूलेको हो । अहिले यस विद्यालयमा उच्च माविमा १ सय ५० र माध्यमिक तहमा ५ सय जना विद्यार्थी रहेको प्रधानाध्यापक ठाकुरप्रसाद पराजुलीले जानकारी दिए ।

कमेन्टहरु
Loading...