काठमाडौं । काठमाडौंको करुणा अस्पतालमा कोरोना संक्रमणबाट पर्साका १ जनाको ज्यान गएको छ । ५८ वर्षीय मृतक पर्साको जगरनाथपुर गाउँपालिकामा स्वास्थयकर्मीका रुपमा कार्यरत थिए ।
महोत्तरीको मनरा नगरपालिका ७ घर भएका उनको सोमबार बिहान उपचार कै क्रममा साढे ८ बजे ज्यान गएको हो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उनी आफू कार्यरत स्थानमा रहँदा भदौ १९ गतेबाट रुघाखोकी तथा ज्वरोको समस्या देखिए पछि बिदा लिएर महोत्तरी पुगेका थिए । स्वास्थ्यमा सुधार नआए पछि उनलाई थप उपचारका लागि जनकपुरको चन्द्रकला अस्पताल लगिएको थियो । चन्द्रकला अस्पतालमा अपचाररत अवस्थामा समेत स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई काठमाडौं रिफर गरिएको थियो ।
असोज १ गते काठमाडौंको टिचिङ अस्पतालमा उपचारका लागि लगिएको भए पनि त्यहाँ आइसियुको बेड खाली नहुँदा करुणा अस्पताल लगिएको थियो । उपचार कै क्रममा उनलाई असोज ५ गते कोरोना भाइरस संक्रमण देखिएपछि ७ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।