काठमाडौं । सुनियोजित तरिकाले आफ्नो चरित्र हत्या गरिएको भन्दै साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । प्रसितलाई ‘खेम–हरीकला समाज कल्याण परिषद’ ले ‘पद्मश्री साधना सम्मान’ दिने निर्णय गरेको थियो । परिषदको निर्णयप्रति आभार प्रकट गर्दै उनले आफ्नो चरित्र हत्या गर्न सुनियोजित तरिकाले केही समूह तथा व्यक्ति लागिपरेको बताउँदै उनले अहिलेको अवस्थामा सम्मान लिन नसक्ने बताएका हुन् ।
