पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत स्याङ्जाका १ जना सहित गण्डकी प्रदेशमा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित स्याङ्जाका भए पनि उनको पूर्ण ठेगाना खुलेको छैन ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँका ८ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका १ का २ जना पुरुष, २ का १ जना महिला, ३ का १ महिला र १ पुरुष, ७ का १ पुरुष, १० र १३ का १/१ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै लमजुङको राइनासका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको राइनास ४ का ३० वर्षीय पुरुष रहेका छन् ।
यता चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का ७ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गैंडाकोट २ का २५ र ३८ वर्षीय पुरुष तथा ८ का २८ र ४२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यस्तै कावासोती ३ का १० वर्षीय बालक सहित १६ का ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । जिल्लाको देवचुली १७ का ५२ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।
यता गोरखामा थप १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको सहिद लखनथापा १ का ५३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ७ सय ९५ पुगेको छ ।