पोखरा /मुक्तिनाथ बिकास बैँकले कोरोना महामारीलाई मध्यनजर गर्दै इटेलर संचालनमा ल्याएको मुक्तिनाथ बिकास बैँककी छोरेपाटन शाखा प्रमुख सकुन्तला बरालले जानकारी दिईन् । मोबाइल बैंकिङ प्रयोग कर्ताहरुले बिना चेक रकम भुक्तानी पाउने व्यबस्था मिलाएको बरालले जानकारी दिईन् ।
सोमबारबाट छोरेपाटन शाखामा इटेलरको सुरुवात गरिएको हो । मोबाइल बैँकिङ प्रयोगकर्ता ग्राहकहरुले बैँकको एप्समा गएर क्युआर गरि रकम भुक्तानि पाउन सक्ने बरालले जानकारी दिईन् । बरालका अनुसार देशभरका सबै शाखामा यो सुविधा प्रदान गरिएको छ ।