मोरङमा एकै दिन आज थप १ सय ३० लाई कोरोना पुष्टि

विराटनगर । मोरङमा आज एकै दिन १ सय ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५१ महिला तथा ७९ जना पुरुष रहेका छन् । कोशी अस्पताल तथा प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणका क्रममा जिल्लामा अहिलेसम्म कै धेरै १ सय ३० जनालाई संक्रमण पुष्टि भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसंगै मोरङमा कोरोना संक्रमितको कुल संख्खा २ हजार १ सय ८६ पुगेको छ । त्यस्तै प्रदेशभरी ६ हजार ४ सय ३६ पुगेको छ ।

कमेन्टहरु
Loading...