पोखरा । नेपालमा थप १ हजार ५ सय ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा थप १ हजार ५ सय ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १० हजार १ सय २३ जनाको पिसिआर परीक्षण गरिएको छ । नेपालमा हाल १९ हजार १९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा ८ सय ८५ जना कोरोनामुक्त भएका भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त भएर ५३ हजार ८ सय ९८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालभरी २ सय २५ जनाको आइसियु तथा ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालका मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा हाल ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ, मुस्ताङ, डोल्पा, मुगु तथा हुम्ला जिल्ला कोरोना भाइरस संक्रमितमुक्त जिल्ला हुन् ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा थप १० जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा १ महिला सहित ९ जना पुरुष रहेका छन् । पछिल्लो पटक काठमाडौंकी ५० वर्षीय महिलाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी छिन् ।
त्यस्तै बाराका २०, ललितपुरका ४२ तथा ७७, काठमाडौंका ६१ र ६२, रुपन्देहीका ७२, बर्दियाका ५० र ६३ तथा अछामका ३४ वर्षीय पुरुषले पछिल्लो २४ घण्टाको अवधीमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ सय ७७ पुगेको छ ।