नेपाली कांग्रेस क्षेत्र ४ का विभिन्न गाँउमा घरदैलो कार्यक्रम

कात्र्तिक २९, पोखरा/नेपाली कांग्रेस कास्कीले क्षेत्र नम्बर नं ४ को चुनावी प्रचार प्रसार अभियानलाई गाँउ केन्द्रित पारेको छ । क्षेत्र नं ४ का प्रत्येक्ष तर्फका उम्मेदवार महादेव गुरुङ्ग तथा समानुपातिक उम्मेदवार शुक्रराज शर्मा र हरिमाया गुरुङ्ग तथा कांग्रेस नेताहरु सहितको टोली शुक्रवार पनि गाँउ केन्द्रित घरदैलो र भेटघाट कार्यक्रममा सक्रिय भएको क्षेत्रीय सभापति आईवहादुर गुरुङ्गले जानकारी दिए ।

चुनावी प्रचार अभियान अन्तर्गत शुक्रवार ल्वाङघलेल भएको चुनावी सभामा कांग्रेस क्षेत्र नं ४ का उम्मेदवार महादेव गुरुङ्गले स्थायी शान्ति, विकास, संविधान र प्रजातन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेसलाई जिताउनुपर्ने वताए । ल्वाङघलेल भूतपूर्व सैनिक संघले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै, उम्मेदवार गुरुङ्गले कांग्रेसको नेतृत्वमा मात्रै देशले सही निकास पाउने कारण आफुलाई विजयी गराउन आग्रह गरे ।

यसैगरी, शुक्रवार नै कास्कीको पुम्दीभुम्दी गाविसका २ सय ५० जनाको यूवाहरुको टोलीले गाँउ गाँउमा पदयात्रा गरेको क्षेत्रीय सचिव प्रकाश वरालले जानकारी दिए । यूवाहरुको टोलीले पुम्दीको लुकुनस्वाँरादेखि वासपानी, धारापानी, स्वाँरा, कालावाङ्ग, काभ्रे, भुम्दी, चिसापानी र तारेभीरसम्मको गाउँमा कांग्रेसको पक्षमा भोट माग्दै नारावाजी सहित पदयात्रा गरेको थियो ।

कमेन्टहरु
Loading...