पोखरा, २९ कात्तिक/एकीकृत माओवादी कास्की क्षेत्र न. ३ का उम्मेदवार रामजीप्रसाद बरालले भरतपोखरी गाविसका विभिन्न वडाहरुमा घरदैलो गरेका छन् । घरदैलो पश्चात उनले भरतपोखरी गाविसको वडा न.३ स्थित पुनमगर बस्तीमा कोणसभालाई सम्बोधन गरे । कार्यक्रममा उम्मेदवार बरालले भरतपोखरीबासीलाई एकीकृत माओवादीको खाँचो रहेको बताए ।
भरतपोखरी पर्यटकीय र कृषिको हिसाबले अतिनै उत्तम ठाउँ भएकोले यस ठाउँको व्यवस्थित रुपमा विकास र प्रचार गर्न सके भरतपोखरीवासीलाई लाभै–लाभ हुने पनि उनको भनाई थियो । शुक्रबार उम्मेदवार बरालले पोखरा वडा न.१७ का विभिन्न स्थानमा घरदैलो गर्नुभयो । उहाँले वडाका ड्यामसाईड, नमुना टोल, पार्दी लगायतका क्षेत्रमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको हो ।