लमजुङ । शुक्रबार एकैदिन ३० जना कोरोनासंक्रमण मुक्त भएसंगै लमजुङमा कोरोना निको हुनेको संख्या ३ सय ६२ पुगेको छ । महिला ४४ र पुरुष २ सय १८ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।
कुल संक्रमित ३ सय ५३ मध्ये आइसोलेनसमा ३२ महिला र ५९ पुरुष गरी ९१ जना रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ ।
पहिलो पटक कोरोना संक्रमण परीक्षण गर्दा पोजेटिभ आएकाहरुको दोस्रो पटक १० दिन पछाडि जाँच गर्दा पिसिआर रिर्पोट नेगेटिभ आएकालाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको भनाई छ ।
कोरोना मुक्त हुनेमा नेपाली सेनाको आइसोलेसनमा रहेका ४१ वर्षीय, ३९ वर्षीय, ३६ वर्षीय, ३७ वर्षीय, ३८ वर्षीय, ३९ वर्षीय, ३६ वर्षीय र ३७ वर्षीय पुरुष छन् । लमजुङ कृषि क्याम्पस सुन्दरबजारको आइसोलेसनमा रहेका २३ वर्षीय, ४८ वर्षीय, ३० वर्षीय, ३९ वर्षीय, ४१ वर्षीय, ४४ वर्षीय, ४३ वर्षीय, ५२ वर्षीय, ५१ वर्षीय, २५ वर्षीय, २६ वर्षीय, २० वर्षीय, ३१ वर्षीय, ३४ वर्षीय, २४ वर्षीय, २२ वर्षीय र २७ वर्षीय पुरुष छन् ।
लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका ४५ वर्षीय पुरुष, ५९ वर्षीया महिला, १३ वर्षीया बालिका, २७ वर्षीया महिला छन् । शहरी विकास कार्यालय भवन सहजीमा १९ वर्षीय पुरुष कोरोना मुक्त भएका छन् उनीहरु कोरोना मुक्त भएसंगै घर फर्किएका छन् ।