विश्वकप छनोट क्रिकेटमा नेपालको विजयी सुरुवात

डेनमार्क ५ विकेटले पराजित
पोखरा, २९ कात्तिक, युएईमा शुक्रबारदेखि सुरु भएको ट्वान्टी(२० विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले डेनमार्कलाई ५ विकेटले पराजित गरेको छ । यस अघि युएईमा आज देखि सुरु भएको ट्वान्टी २० विश्वकप छनोटको पहिलो खेलमा डेनमार्कले नेपालसामू ८० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबरेमा जवाफी व्याटिङ गर्दैछ । आइसीसी एकेडेमी ओभल २ मा टस जितेर पहिले व्याटिङ थालेको डेनमार्कले अन्तिम २ बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रन बनायो ।

danmark vs nepal 2सागर पुनले ३ ओभरमा १२ रन दिएर ३ विकेट लिए । बसन्त रेग्मीले २।४ ओभर बलिङ गर्दै ८ रन दिएर २ विकेट लिए भने समान विकेट लिएका जितेन्द्र मुखियाले ३ ओभरमा १६ रन दिए । कप्तान पारस खड्का र शक्ति गौचनको नाममा एक(एक विकेट रहृयो । अमृत भट्टराईले भने ३ ओभरमा १० रन खर्चिए पनि विकेट लिन सकेनन् ।

समूह बी मा रहेको नेपालले तुलनात्मकरुपमा बलियो प्रतिद्धन्दीको सामना गर्नु पर्ने छ । नेपाल रहेको समूहमा डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवा न्यूगिनी, नेदरल्याण्डस्, बर्मुडा र अफगानिस्तान छन् । कुल १६ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने टी २० विश्वकप खेल्न पाउनेछन् ।

कमेन्टहरु
Loading...