गन्थन डेस्क
स्टार्स स्टुडियो पोखराद्वारा आयोजित खुल्ला कविता प्रतियोगितामा कुमार तामाङले प्रथम स्थान हात पारेका छन् ।
विजयी तामाङले पुरस्कारस्वरुप नगद १० हजार रुपैयाँ हात पारे । साहित्यिक विधामा रुचि राख्ने तामाङ उपन्यास लेखनमा समेत व्यस्त छन् ।
पृथ्वीनारायण क्याम्पसमा अध्यापनरत तामाङले प्रतियोगितामा विजय भएपछि साहित्यिक मार्गमा अघि बढ्न प्रेरणा मिलेको बताए ।
स्टुडियोले चौथो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा ९८ जनाले सहभागिता जनाएका थिए । जसमध्ये उत्कृष्ठ १० ले अनलाइनमार्फत रचना वाचन गरेका थिए ।
स्टुडियोले लोक संस्कृति र नृत्यको क्षेत्रमा काम गरिरहेको सञ्चालक जसु गुरुङले जानकारी दिइन् ।