माओबादीद्धारा बिष्फोट र आगजनीमा संलग्नता स्विकार

Dev-Gurungपोखरा २९ कार्तिक । नेकपा –माओबादीका सचिब देब गुरुङले देशभर भएका बम बिष्फोट, आगजनी र आक्रमणमा आफ्नो संलग्नता स्विकारेका छन् । राजनितिक असहमतिको परिणम स्वरुप त्यस्ता घटना भएको उनले बताए ।

सहकर्मी गोकुल बानियाँसंगको कुराकानीमा गुरुङले बन्दको अबज्ञा गरेको बिरोध स्वरुप सार्बजनिक बसमा बम प्रहार भएको जनाए । राजनितिक असहमति र आन्दोलनकारीलाई दवाउने सरकारको रणनितिको बिरुद्ध हिंसात्मक आन्दोलन गर्न बाध्य भएको उनले स्पष्ट पारेका छन् ।

अघिल्लो संबिधानसभा निर्बाचनमा असन्तुष्ट पक्षलाई समेट्दै संबाद र सहमतिको साथ सम्पन्न भएकोले कुनै हिंसात्मक घटना नभएपनि अहिले आफुहरुलाई निषेध गरेर सिध्याउने खेल भएकाले ध्वमंसात्मक बाटो रोजेको उनले बताए । पार्टी प्रबक्ता पम्फा भुषालले बिष्फोट र अक्रमणमा आफ्नो पार्टीको संलग्नता अस्विकार गरेपनि आन्दोलनका क्रममा जे पनि हुने दाबि गरे ।
आन्दोलनकर्तालाई सडकमा निस्कन , सभा जुलुस गर्न र बिरोध प्रदर्शनमा रोक लगाएर सरकारनै हिंस्सात्मक बाटोमा अघि बढेको गुरुङको आरोप छ । असहज परिस्थितिबाट सुरु भएको आन्दोलन शान्तिपूर्ण हुनै नसक्ने उनले बताए ।  आफ्ना कार्यकर्तालाई पक्राउ गरी आन्दोलन दवाएर सरकारले हिंसात्मक रुपमा उत्रिएको उनको आरोप छ ।

उनले राजनितिक रुपमा सहमति गर्नुभन्दा पनि सरकार प्राबिधिक रुपमा सम्पूर्ण शक्ति खर्चेर आफुहरुलाई दवाउन लागेको आरोप लगाए । निर्बाचनमा सहभागि दलहरुको ब्यबस्थापन समेत गर्न नसकेर सरकार असफल भैसकेको उनले टिप्पणी गरे ।

बन्द फिर्ता लिन सर्बोच्चले आदेश दिएर राजनितिक बिषयमा हस्तक्षेप गरेको गुरुङको अरोप छ । बिसुद्ध राजनितिक मुद्धामा अदालतले हस्तक्षेप गर्न नमिल्ने उनको ठहर छ । सर्बोच्चको आदेशलाई उनले कार्यपालिका र न्यायपालिकाको प्रमुख एउटै हुनुको परिणाम भनेका छन् ।

यसैबिच पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लोकदर्शन रेग्मीले बन्दकर्ता दलका नेता कार्यकर्ताको प्रत्येक गतिबिधि माथि निगरानी राख्दै उनिहरुको योजना निस्तेज पार्ने दाबि गरेका छन् । सुरक्षा ब्यबस्थामा कडाई गरिएको भन्दै उनले चारवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको बताए ।

कमेन्टहरु
Loading...