निवार्चन पछि प्रधानमन्त्रि मै हो- प्रचण्ड

गोकुल बानियाँ /पोखरा २८ कात्तिक । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशैभर एकिकृत माओबादीको पक्षमा जनलहर उर्लिएको दाबि गर्दै चुनाब पछि बन्ने सरकारको नेतृत्व आफैले गर्ने उद्घोष गरेका छन् ।मेची महाकालि अभियानले एमाओबादीको पक्षमा ठुलो राजनितिक तरंग ल्याईदिएको दाबि सहित उनले निर्बाचन लगतै सरकारको नेतृत्व गर्ने बताएका हुन् । देश दौडाहाको क्रममा एमाओबादी कास्कीले बिहिबार पोखरामा गरेको चुनाबी सभामा प्रचण्डले एकिकृत माओबादीलाई बहुमत दिएर स्थिर सरकार र संबिधानको ग्यारेण्टी जनताले चाहेको बताए ।

parchandaकास्कीका मतदातालाई रिझाउन उनले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माण कार्य आफ्नै नेतृत्वको सरकारले अघि बढाउने आश्वासन दिएका छन् । ‘ यो निर्बाचनपछि म आफै सरकारको नेतृत्व लिएर बिमानस्थललाई तिब्र गतिमा अघि बढाउने बिश्वास दिलाउन चाहन्छु ’ उनले भनेका छन् । पर्यटनको क्षेत्रमा ठुलो क्रान्ति ल्याउन अन्तराष्ट्रिय बिमानस्थल बनाउने काममा धेरै अघि बढेको र निर्णय भैसकेको दाबि गर्दै उनले केहि राजनितिक शक्तिले माओबादीले फाईदा उठाउछ भनेर काम रोकेको आरोप लगाएका छन् ।

देशमा अहिले भईरहेका परिबर्तनका सबै एजेण्डा माओबादीकै भएको भन्दै उनले आफ्नै नेतृत्वमा स्थिर सरकार र संबिधान बन्ने जिकिर गरेका छन् । जनताको परिबर्तनको चाहना पुरा गर्न र आर्थिक समृद्धिको लागि पनि एकिकृत माओबादीको बहुमत आबश्यक रहेको उनले बताए । अघिल्लो पटक ठुलो पार्टी भएपनि दुई तिहाइ बहुमत नपाएकाले अस्थिरता कायमै रहेको भन्दै उनले देशका परिबर्तनकारी सम्पूर्ण एजेण्डा एकितृत माओबादीले अठाएको दाबि गरे ।

चुनाबी अभियानको क्रममा देशैभर आफुलाई लिक्षत गरी बिपक्षीले आक्रमण गर्नु राष्ट्रका नेताको रुपमा स्विकारेको उनको दाबि छ । ‘ प्रचण्डलाई मात्र लक्षित गरी शक्तिशाली बम पड्काउनुलाई बिरोधीले राष्ट्रका नेताको रुपमा सलामी दिएको ठानेको छु , उनले भने । यसअघिका गल्ति नस्विकारेर कांग्रेस एमालेले राजनितिक बेईमानी गरेको उनको अरोप छ । संबिधानसभा गणतन्त्र र संघियताको कुरा उठाउदा माओबादी नेताहरुको टाउकाको मुल्य तोकेको भएपनि अहिले कांग्रेस , एमाले पनि संघियताको पक्षमा आएको प्रचण्डको दाबि छ ।

संबिधानसभाबाट संबिधान बनाउनु सबैभन्दा लोकतान्त्रीक र बैधानिक बिधि रहेको उनले बताए । ‘ जनताले आफ्नो सार्बभौम अधिकार प्रयोग गर्ने, मताधिकार प्रयोग गर्ने यो भन्दा बैधानिक , आधिकारिक र लोकतान्त्रीक बिधि केहि पनि हुन सक्दैन । ’ उनले भनेका छन् । सभाअघि पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको जुलुस न्युरोड, पृथ्बीचोक, बुद्धचोक हुदै अमरसिंहमा पुगेको थियो । शक्ति प्रदर्शनको रुपमा समेत आयोजना गरिएको जुलुसमा कास्कीका सबै क्षेत्रको कार्यकर्ता सडकमा ओर्लिएका थिए ।  प्रचण्डले आज एकै दिन ६ जिल्लाका चुनाबी सभामा सहभागिता जनाएका छन् । हेलिकप्टर चढेर सुरु भएको उनको यात्रा मनाङ, पर्बत, स्याङजा, कास्की, लम्जुङ हुदै धादिङ सम्म पुगेको थियो ।

कमेन्टहरु
Loading...