आफ्नो जीतलाई कसैले रोक्न नसक्ने ः गुरुङ्ग

कात्र्तिक २८, पोखरा/नेपाली कांग्रेस कास्कीले क्षेत्र नम्बर नं ४ को चुनावी प्रचार प्रसार अभियानलाई तीव पारेको छ । क्षेत्र नं ४ का प्रत्येक्ष तर्फका उम्मेदवार महादेव गुरुङ्ग तथा समानुपातिक उम्मेदवार शुक्रराज शर्मा र हरिमाया गुरुङ्ग तथा कांग्रेस नेताहरु सहितको टोली गाँउ गाँउमा घरदैलो र भेटघाट कार्यक्रममा सक्रिय भएको क्षेत्रीय सभापति आईवहादुर गुरुङ्गले जानकारी दिनुभयो । चुनावी प्रचार अभियान अन्तर्गत विहीवार धम्पुसमा भएको कार्यक्रममा कांग्रेस क्षेत्र नं ४ का उम्मेदवार महादेव गुरुङ्गले विभिन्न गाविसमा कांग्रेस प्रवेश गर्नेको जनलहर र आकर्षणले आफ्नो जीतलाई कसैले छेक्न नसक्ने वताउनुभयो । गाँउ गाँउमा कांग्रेसमा प्रवेश गर्ने मतदाताको लहरले आफ्नो जीत पक्का भएको छ,–उम्मेदवार महादेव गुरुङ्गले भन्नुभयो,–जनता शान्ति, संविधानसंगै विकास चाहन्छ, त्यो विश्वास कांग्रेसको उम्मेदवारसंग मात्रै पाएको कारण पनि आफुले चुनाव जित्नेमा ढुक्क रहेको दावी गर्नुभयो ।

धम्पसमा भएको घरदैलो र चुनावी कार्यक्रममा समानुपातिक उम्मेदवार शुक्रराज शर्मा, क्षेत्रीय सभापति आईवहादुर गुरुङ्ग, महाअधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, नेपाल प्रहरीका पूर्व प्रहरी महाननिरिक्षक एवं कांग्रेस नेता हेमवहादुर गुरुङ्ग, जिल्ला सदस्य देवेन्द्रकुमार शेरचन लगायतले वोल्नुभएको थियो । टोलीले धम्पुस गाविसको १ देखि ४ सम्मका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेको छ । धम्पुसमा गरिएको भएको घरदैलो कार्यक्रममा ७५ जना एमाले, माओवादी र राप्रपा पार्टी परिग्याग गरी नेपाली कांग्रेंसमा प्रवेश गरेको नेपाली कांग्रेस धम्पुसले जनाएको छ । धम्पुसमा भएको नेपाली कांग्रेसका उम्मेदवार सहितको टोलीलाई स्थानिय मतदाताले भव्य स्वागत गरेको धम्पुसवाट क्षेत्रीय सभापति आईवहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

यसैगरी, पुम्दीभुम्दी गाउँ विकास समितिका विभिन्न वडाहरुमा पनि वृहत कार्यकर्ता भेला तथा चुनावी सभा भएको छ । चुनावी भेलामा नेपाली कांग्रेसको सिद्धान्त मन पराएर एकीकृत नेकपा माओवादी, एमाले सहित ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कास्कीले जानकारी दिएको छ । पुम्दीभुम्दी वडा नं २ र ९ को ढावामा भएको चुनावी सभालाई सम्वोधन गर्दै, नेपाली कांग्रेस क्षेत्र नं ४ का उम्मेदवार यूवा नेता महादेव गुरुङ्गले कांग्रेसको पक्षमा आएको व्यापक जनलहरले आफ्नो जीत सुनिश्चित भैसकेको ठोकुवा समेत गर्नुभयो । चुनावी सभामा नेपाली कांग्रेसका नेता खेमराज पौडेल, क्षेत्रीय सभापति आईवहादुर गुरुङ्ग लगायतले वोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...