स्वदेशी पर्यटकको आशा राख्दै पोखराका पर्यटन व्यवसायी

रिना थापा

पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसाय करिब ६ महिना लामो लकडाउन पश्चात् पुनः सञ्चालनमा आएको छ । सरकारले निश्चित स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न दिने अनुमतिसँगै पोखराका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका हुन् । यद्यपि मानिसको न्युन चहलपहल भएपनि पोखराका पर्यटन व्यवसायीले आशा र अपेक्षाका साथ स्वदेशि पर्यटकका लागि रेष्टुरेन्ट खुल्ला गरेका छन् ।

यसअघि गत साउनमा सरकारले होटल तथा रेष्टुरेन्ट व्यवसायलाई ‘टेक अ वे’ सर्भिसका लागि मात्रै अनुमति प्रदान गरेको थियो । सञ्चालन अनुमति पाए पनि पोखरा महानगरपालिकामा संक्रमणको दर ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । जसले गर्दा टेक अ वे सर्भिस मात्र सञ्चालन गरेका रेष्टुरेन्ट पनि असरमा परे । असोज १ गतेदेखि सरकारले पूर्ण रुपमा सञ्चालन अनुमति दिएसँगै पोखराका करिब २५ प्रतिशत होटल तथा रेष्टुरेन्ट व्यवसाय खुले ।

तर पोखरा पयर्टन परिषद्का उपाध्यक्ष गोपी भट्टराईका अनुसार सरकारले मापदण्ड बनाएपनि कार्यान्वयन नहुँदा व्यवसाय अलमलमा परेको बताए । मैत्रिक नीतिले सम्बोधन गरेपनि कार्यान्वयन पक्ष फितलो भएकोले त्यसलाई सरकारले छिटोभन्दा छिटो व्यवसायको मर्का बुझेर निरन्तरता दिन आवश्यक रहेको भट्टराई बताउँछन् ।
‘सरकारले मापदण्ड कार्यान्वयन गरे व्यवसायी उत्साहजनक हुन्थे । हामीलाई पनि यो महामारीमा थलो परेको व्यवसायी उठाउने हौसला मिल्थ्यो । यस्तो बेला स्थानीय सरकार, पर्यटन व्यवसाय, सम्बन्धित निकाय समन्वय गरेर चल्नुपर्छ ।’ उनले भए ।

यतिबेला रेष्टुरेन्ट खुले पनि मानिसको चहलपहल नहुँदा रेष्टुरेन्टको आम्दानीभन्दा खर्च बढी छ । तर भट्टराईका अनुसार महामारीमा व्यवसायी जुध्नु बाहेक विकल्प नभएकाले व्यवसायमा नाफाभन्दा दिगो रहन आवश्यक छ । ‘नाफाभन्दा भएका स्टाफलाई होल्ड गरे राख्नु ठूलो उपलब्धि हो । बाहिरी पर्यटकभन्दा स्वदेशी पर्यटकलाई प्राथमिकतामा राख्नुपर्छ । स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटकलाई स्थान सुरक्षित छ भनेर विश्वास दिलाउन सके विस्तारै २ वर्षको अन्तरालमा व्यवसायले उही गति लिनेछ ।’ भट्टराई भन्छन् ।

यति बेला लेकसाइड, खहरे परिसरतिर आन्तरिक पर्यटक सहित स्थानीयको केही हदसम्म बाक्लो उपस्थिति छ । यता सेन्टर पोइन्टतिर भने मुस्किलले उपस्थिति देख्न पाइन्छ । व्यवसाय आन्तरिक पर्यटकको आगमनले केही राहत दिलाउँछ कि रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् ।

दैनिक सञ्चालन गरिरहेका रेष्टुरेन्टमा आम्दानीभन्दा सञ्चालन खर्च बढी छ । जसले व्यवसायीलाई थप मर्कामा पारेको छ । किंग्स लञ्ज एण्ड बारका म्यानेजर अजय नकर्मीले यतिबेला नाफाभन्दा पर्यटकका लागि आफूहरु खुल्ला रहेको जानकारी गराउनु नै ठुलो कुरा रहेको बताए । ‘सरकारले तोकेको मापदण्ड पालना गर्दै रेष्टुरेन्ट सञ्चालन गरेका छौं । तर मान्छेको चहलपहल नहुँदा हामीलाई अप्ठयारो परेको छ । आशा छ, सञ्चालन भए पश्चात् आन्तरिक पर्यटकको चहलपहल विस्तारै हुने छ ।’ उनले भने ।  किंग्स लञ्जले सामान्य समयमा ५० बढी कर्मचारी राखेर रेष्टुरेन्ट सञ्चालन गर्दै आएको थियो । तर अहिलकोे परिस्थितिमा जम्मा ८ जना कर्मचारी राखेर रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ ।

व्यवसाय सञ्चालनमा आएसँगै संक्रमणको दर थप फैलिन नदिन व्यवसायी सचेत रहेको उनी बताउँछन् । आन्तरिक पर्यटकको उपस्थितिले पनि पोखराको पर्यटनलाई टेवा पु¥याउने उनको भनाई छ । ३ देखि ४ अर्ब हाराहारीमा लगानी रहेको पोखराको पर्यटन व्यवसायमा यति बेला व्यवसायीले दैनिक १३ हजार बढी घाटा व्यहोरिरहेका छन् । पोखरेली पर्यटन व्यवसाय आन्तरिक पर्यटन चलायमान भए २÷३ वर्षमै पूरानै लयमा फर्किने पर्यटन व्यवसायीहरुको विश्वास छ ।

यति बेला आन्तरिक उडान र लामो दुरीका सवारी सञ्चालनमा आएपछि पर्यटन व्यवसाय पनि स्वदेशी पर्यटकको उपस्थितिले थला परेको पर्यटन लयमा फर्किन्छ कि भनेर आशा राखेका छन् ।

कमेन्टहरु
Loading...