डडेलधुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६ सय ८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
धनगढी प्रयोगशालामार्फत ४१ हजार ८ सय १६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३ सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६ सय ९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४ सय ७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १ सय ९३ जनाको कोरोना परीक्षण भएको छ ।
निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब सङ्कलन गरिएकामा एक हजार ४ सय ९ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झण्डै नौ प्रतिशत अर्थात् छ हजार ९ सय मा कोरोना पुष्टि भएको छ ।
सबैभन्दा बढी कैलालीमा दुई हजार १ सय १०, डोटीमा एक हजार ५०, अछामका ९ सय ९४, कञ्चनपुरमा ७ सय ७५, बाजुरामा ६ सय ३०, बझाङमा ५ सय १९, बैतडीमा ३ सय ८९, डडेल्धुरामा ३ सय ४८ र दार्चुलामा ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका पाँच ७ सय ६७ बढीले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा एक हजार ६ सय ८७, डोटीमा ९ सय ३४, अछाममा ९ सय १२, कञ्चनपुरमा ७ सय १२, बाजुरामा ४ सय ४२, बझाङमा ३ सय ८८, बैतडीमा ३ सय २६, डडेल्धुरामा ३ सय १६ र दार्चुलामा ४५ जना सङ्क्रमित डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ हजार ९ सय नाघेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भइसकेको छ ।
रासस