पोखरा । नेपालमा थप १ हजार ३ सय ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६६ हजार ६ सय ६२ पुगेको छ । नेपालमा हाल १८ हजार १ सय ४२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
पछिल्लोपटक ११ हजार ४ सय ५४ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा ८ सय २३ जना कोरोनामुक्त भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।
मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन तथा रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै नेपालमा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु तथा हुम्ला जिल्लो कोरोनामुक्त रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।
यसरी कोरोनाबाट ज्यान गुमाउनेमा काभ्रेपलाञ्चोककी ५० वर्षीय महिला तथा काठमाडौंका ५० वर्षीय पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ सय २९ पुगेको छ ।