काठमाडौँ २८ कार्तिक । निर्वाचन आयोगले सम्वेदनशील चुनावी सामग्री ढुवानी र मतदान सम्बन्धी सबै कार्यक्रमको अत्याधुनिक प्रविधिमार्फत ट्रयाकिङ गर्ने भएको छ । यस्तो प्रणालीमा एक वटन दवाएकै भरमा देशभरका निर्वाचन गतिविधिको सूचना आयोगमा प्राप्त हुने उल्लेखगर्दै आयोगले यसले निर्वाचन सामग्रिको सुरक्षाको अतिरिक्त धादलीको संभावना रोकिने दावी गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकन्ठ उप्रेतीले बुधबार विशेष पत्रकार सम्मलेन गरी २४० निर्वाचन अधिकृतको कार्यालय देखि मतदानकेन्द्र सम्मका गतिविधि केन्द्रबाटै निरन्तर अनुगमन गर्न इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टमु प्रयोगमा ल्याइएको जानकारी दिएका हुन् । निर्वाचन प्रक्रियासंग असहमत पक्षले यातायात बन्द सहित विरोधका कार्यक्रम गरिरहेका बेला निर्वाचन आयोगले निर्वाचन र निर्वाचन सामग्रि सुरक्षामा प्रविधि प्रयोगको योजना सार्वजनिक गरेको हो । फोटो सहितको मतदाता परिचयपत्र र मतदान केन्द्रमा प्रयोग गरिने ६८ प्रकारका सामग्री जिल्ला सदरमुकामबाट १० हजार १३ मतदानस्थलमा पुर्याउने काम सुरु भइसकेको आयोगले जनाएको छ ।
ुयो ुट्रयाकिङ सिस्टमुले सबै मतदान अधिकृत र संवदेनशील सामग्री बोकेका व्यक्तिको अवस्थाबारे निरन्तर जानकारी दिनेछ । कतै अवरोध देखिएमा तत्कालै त्यसको कारण खोज्न र निदान गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाएका छौं, उनले भने९ ुकार्यक्षेत्रमा खटिएका १८ हजार ४ सय ३८ मतदान अधिकृतले मतदान केन्द्रको अवस्थाबारे विशेष कोडमार्फत पठाउने सूचना केन्द्रमा डिकोडिङ हुने संयन्त्र जडान गरिएको छ ।
प्रमुख आयुक्त उप्रेतीका अनुसार मतदान अधिकृतले मतदान केन्द्र तयार भएको, मतदान प्रारम्भ भएको, बाधारव्यवधान आएरनआएको, मतदान सम्पन्न वा स्थगित भएको, मतपेटिका सिल गरिएको र मतगणना केन्द्रमा मतपेटिका आइसक्दासम्मका ुइलेक्ट्रोनिकु सन्देश एकै बटनबाट सम्प्रेषण हुने व्यवस्था मिलाइएको छ । यो कार्य निर्वाचनको निष्पक्षता र शुद्धताका लागि कोसेढुङ्गा सावित हुने छ, उनले भने ।
निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिंदै उनले निर्वाचन प्रक्रियामा सहमत पक्षलाई पनि लोकतान्त्रिक प्रक्रियामा अवरोध नगर्न विशेष आग्रह गरे । ुलोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई छ, अवरोध गर्ने अधिकार भने कसैलाई पनि छैन, उनले भने, मताधिकार प्रयोग गर्न पाउने जनताको नैसर्गिक अधिकारको सम्मान गर्न र लोकतान्त्रिक प्रक्रिया सुदृढ एवं संस्थागत गर्ने ऐतिहासिक कार्यमा सहयोग पुर्याउन निर्वाचन प्रक्रियामा असहमत पक्षलाई समेत विशेष आग्रह गर्दछु ।
नेपाल सरकारले मतदातादेखि निर्वाचन अभियानमा संलग्न सबै पक्षको सुरक्षाका लागि पर्याप्त सुरक्षा बन्दोवस्त मिलाएको उल्लेखगर्दै प्रमुख आयुक्त उप्रेतीले कानुन उल्लंघन गर्नेलाई प्रशासनले कारवाही गर्नुपर्ने बताए । हिंसा र अवरोधका एउटा पनि घटना नहोस भन्नेमा सबै सचेत रहनु पर्छ, उनले भने, विगत निर्वाचनमा भन्दा यसको ग्राफ घटेको छ । यसलाई अझ घटाएर सुन्यमा ल्याउन निरन्तर प्रयास गर्नुपर्छ ।
आचारसंहिता उल्लंघनका घटना रोक्न आयोग सक्रिय रहेको उल्लेख गर्दै प्रमुख आयुक्त उप्रेतीले कानुन कार्यान्वयनमा सबैलाई समान ब्यवहार गरेको दावी गरे । राजनीतिक दल र सरोकारवालाहरु आफैंले प्रतिबद्धता जनाएको आचारसंहिता पालनामा कमि गर्ने दल र उम्मेद्वारबारे जनताले गरिरहेको मूल्याङ्कन अभिव्यक्त हुने पनि मतदानकै समयमा हो । आम मतदाता सचेत र विवेकशील छन्, उनले भने, आचारसंहिता र कानुन कार्यान्वयनमा आयोगले सबैलाई समान व्यवहार गरेको छ । कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।
हेलिकप्टर र अन्य सवारी साधान प्रयोगमा आयोग एनेकपा माओवादीप्रति नरम भएको भन्ने सञ्चारकर्मीको आरोपको प्रतिवाद गर्दै उनले सबैलाई समान ब्यवहार गरेको दावी गरेका हुन् । आयोगले कुनै दल विशेषका लागि होइन, सबैका लागि आचारसंहिता संसोधन गरी हेलिकप्टर प्रयोग सम्बन्धि ब्यवस्था केही खुकुलो पारेको हो, उनले भने आयोगले तय गरेको मापदण्ड भित्र माग गर्ने सबैलाई यो सुविधा दिएका हौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राजधानीबाट ४० किलोमिटरको दुरीमा समेत हेलिकप्टर प्रयोग गरेपछि यस विषयमा बढि बहस भएको हो । उक्त घटनामा आयोगले दाहाललाई अयोगमा अनुमति विना हेलिकप्टर प्रयोग नगर्न सचेत गराएको थियो ।
प्रमुख आयुक्त उप्रेतीले सकेसम्म छिटो र व्यवस्थितरुपमा मतपरिणाम सार्वजनिक गर्न रेडियो, टेलिभिजन र वेभसाइटमार्फत प्रत्यक्ष प्रशारणको ब्यवस्था मिलाउने जानकारी दिए । प्रत्येक क्षेत्रको मतगणनामा अग्रस्थानमा रहने तीन जना प्रतिस्पर्धीको फोटोसहितको विवरण डिस्प्ले गर्ने, निर्वाचन बुलेटिनमार्फत निर्वाचन परिणामसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिनेछ, उनले भने आजैदेखि सञ्चालनमा आएको कल सेन्टरको टोल प्रिm नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी सर्वसाधारणले सोझै निर्वाचनसम्बन्धी सूचना प्राप्त गर्नसक्ने छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गतको निर्वाचन सहयोग परियोजनाले आयोगमा कल सेन्टर स्थापना गरिदिएको हो । २४ घन्टा खुला राख्ने तयारी भएको उक्त सेन्टरबाट निर्वाचन सम्बन्धी सबै सूचना प्राप्त हुने प्रवक्ता वीरबहादुर राईले बताए – बिहिबारको कान्तिपुर दैनिकले छापेको छ ।