आज मंगलबार सुनको मुल्य एकैपटक १७ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार नेपालमा सुनको मुल्य एकैपटक १७ सय रुपैयाँले घटेको छ । हिजो सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । चाँदी आज बजारमा १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मुल्य आज १० रुपैयाँले बढेको हो ।

कमेन्टहरु
Loading...