कोरोना भाइरस संक्रमणबाट काभ्रेमा थप १ को मृत्यु

काभ्रे । कोरोना संक्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी १ महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा ३ महिला र २ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

५० वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताएका छन् ।

उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिदै आएकी थिइन् ।

हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका २, पाँचखाल नपाका १ र धुलिखेल नपाका २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना संक्रमण देखिएको छ । पोष्टका अनुसार कूल सङक्रमितमध्ये ५ को मृत्यु भएको छ भने ३ सय १२ उपचारपछि घर फर्किएका छन् । एक सय ५३ सक्रिय सङक्रमितमध्ये ९४ अस्पताल आइसोलेसन र ६७ को होम आइसोलेसनमा उपचाररत छन् । रासस

कमेन्टहरु
Loading...