मोरङको बुढीगंगा शिक्षण अस्पतालमा कोरोना संक्रमितको मृत्यु

मोरङ । कोरोना संक्रमित १ जना महिलाको मोरङको बूढीगंगास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताएका छन् ।

उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । रासस

कमेन्टहरु
Loading...