राजनीतिक निकासका लागि सहमति ः डिलाराम आचार्य

पोखरा, २५ मंसिर/एकिकृत नेकपा माओबादी तमुवान राज्य समिति संयोजक डिलाराम आचार्यले अहिलेको राजनीतिक निकास भनेको नयाँ संविधानसभाको चुनाव भएको बताएका छन् । तमुवान राज्य समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा आचार्यले जनताको संविधान बनाउने ग्यारेन्टी हुने गरी नयाँ संविधानसभाको चुनाव गर्नु पर्ने बताए ।

नेता आचार्यले राजनीतिक निकासका लागि बाबुराम भटराईले सिहदरबारबाट डेरा सर्दैमा समस्याको समाधान नहुने बताए । उनले अहिले राजनीति बास्तवमै जटिल रहेको बताउनदै सबै दल मिलेर जानु बाहेक अरु विकल्प नभएको बताए । सहमतीमा सरकार र सविधानसभा निवाचनबाट जनाताको संबिधान बन्ने ज्ञारेन्टी भए मात्र मात्रै अहिलेको राजनैतिक अवस्थाले निकास पाउने बताए ।

एकिकृत नेकपा माओबादी तमुवानका ९९ प्रतिशत गाउँ सम्मेलन सकिएको बताउदै पुसबाट जिल्ला अधिबेशन सुरु हुने आचार्यले जानकारी दिए । पार्टीका भित्री कुरा बाहिर आएकोल कार्यकर्ता लागि सामाजिक संञ्जालहरु र मास मिडियामा आफ्नो अभिब्यक्ति राख्न बन्देज लगाईने बताए ।

कमेन्टहरु
Loading...