पोखरा १४ का ४० वर्षीय पुरुषलाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप १ जनालाई संक्रमण पुष्टि भएको हो ।

उनी पोखरा १४ का ४० वर्षीय पुरुष हुन् । उनको कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट पहिचान भएको हो ।

उनलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ४ सय ३९ पुगेको छ ।

यस आडि आज बिहान समेत पोखरामा १८ जनालाई कोरोना संक्रमण पुष्टि भएके थियो । साथै कास्कीकै माछापुच्छ«े गाउँपालिकाका १ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...