पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ मा कार्यरत ६ जना प्रहरी सहित पोखरामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अन्य संक्रमितमा वडा नम्बर ६ का २५ वर्षीय १ महिला र ४४ वर्षीय १ पुरुष, ७ का ३८ वर्षीय पुरुष, वडा नम्बर १७ का २७ वर्षीय महिला तथा ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा २२ का २२ वर्षीय पुरुष र २३ का ४४ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बिहान समेत पोखरामा ५ तथा माछापुच्छे« गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
यता लमजुङमा १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सुन्दरबजार नगरपालिकाका हुन् ।
तनहुँका २ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १२ वर्षीय बालिका तथा २१ वर्षीय महिला हुन् । उनीहरुको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहुँमा उपचाररत छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ४ सय ३८ पुगेको छ ।