प्रदेश १ का मुख्यमन्त्री राईकी पत्नी दावी गरेर चर्चामा आएकी खड्का प्रहरी नियन्त्रणमा

काठमाडौं । पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकमा जबरजस्ती प्रवेश गर्न खोजेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी दावी गरेर चर्चामा आएकी बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पश्चात खड्कालाई महानगरीय प्रभाग कोटेश्वरमा राखिएको प्रहरीले जानकारी दिएको छ । खड्का नेकपाका नेताहरुलाई आफूले भट्नुपर्ने बताउँदै कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोजेकी थिइन् ।

केही समय अगाडि खड्काले मुख्यमन्त्री राईले आफूलाई विवाह गर्ने भन्दै लिभिङ टुगेडरमा बसेको तथा यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेकी थिइन् । तर उनले अहिले उक्त मुद्धा समेत फिर्ता लिइसकेकी छिन् । खड्का दोलखाकी नेकपा कार्यकर्ता समेत रहेकी छिन् ।

कमेन्टहरु
Loading...