काठमाडौं । कोरोना भाइरस संक्रमणबाट रामेछापका ३४ वर्षीय सैनिक जवानको काठमाडौंमा ज्यान गएको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट सुरक्षा निकायका व्यक्तिले ज्यान गुमाएको यो पहिलोपटक हो । उनको गत भदौ २९ गते ज्यान गएको थियो ।
ब्लड क्यान्सरबाट पीडित उनको कोरोना संक्रमणको रिर्पोट भने असोज १ गते मात्र पोजेटिभ आएको हो । पहिले नै ब्लड कयान्सरका रोगी उनको उपचार कै क्रममा मृत्यु भएको र ढिलो मात्र रिर्पोट पोजेटिभ आएको जानकारी पाएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन् ।