काठमाडौं । भदौ २९ गतेबाट अनसन सुरु गरेका डा.गोविन्द केसीले औषधी लिन अस्वीकार गरेका छन् । अनसनरत अवस्थामा नै स्वास्थ्यस्थिति गम्भीर बन्दै गएपछि शनिबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएका डा केसीले औषधी लिन अस्वीकार गरेका हुन् । उनले विभिन्न ६ बुँदे माग राख्दै अनसन सुरु गरेका थिए । आफूले राखेका केही मागहरु सरकारले पुरा नगरेसम्म औषधी नखाने तथा अनसन समेत जारी राख्ने उनले बताएका छन् ।
यस अगाडि समेत विभिन्न मागहरु राख्दै अनसन बस्दै आएका उनले यो पटक मुलुकका विभिन्न भागमा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने माग राखेर अनसन सुरु गरेका थिए । उनी केही समय अगाडि नागरिकको उपचारका लागि जुम्ला पुगेका बेलामा जिल्लाको सदरमुकाम नजिकै रहेको बाबिरामस्टो मन्दिरमा नै अनसन सुरु गरेका हुन् । उनले अघिल्लो पटकका अनसनहरुमा राखेका मागलाई समेत सम्बोधन गर्न सरकारलाई अनुरोध गरेका छन् ।