काग्रेस २ मा युवाहरुद्धारा मोटरसाईकल ¥याली

पोखरा, २५ कात्तिक। नेपाली काँग्रेस क्षेत्र नं.२ निर्वाचन परिचालन कमिटि कास्कीले सोमबार देखि दोस्रो चरण घरदैलो कार्यक्रम शुरु गरेको छ ।
कमिटिले पहिलो चरणको घरदैलो र आम सभा कार्यक्रम सकेर पुन दोस्रो चरणको घरदैलो कार्यक्रम शुरु गरेको हो ।कमिटिले सोमबार पोखरा–१५ मा घरदैलो कार्यक्रम गरेको हो । घरदैलो कार्यक्रममा क्षेत्र नं.२ की उमेदबार शारदा पौडेललाई अत्याधिक मतले विजयी गराउनका लागि आग्रह गरिएको थियो ।उक्त घरदैलो कार्यक्रममा क्षेत्र नं.२ की उमेदबार पौडेल, क्षेत्रिय सभापति माधव बास्तोला मधु, उपसभापति माया देवि तझ्या, महासमिति सदस्यद्धय ऋषि काफ्ले, कृष्ण कार्की, महाधिवेशन प्रतिनिधि गुरु बराल, किसान संघका केन्द्रिय सदस्य अमृत श्रेष्ठ, नगर कोषाध्यक्ष पुष्पराज पराजुली, महिला संघ क्षेत्र नं.२ की क्षेत्रीय सभापति अनिता तिमिल्सिना, वडा नं.१५ का वडा सभापति टोपबहादुर थापा, पूर्व सभापति भेषराज गौतम, मिनबहादुर गिरि, खगराज बरालको सहभागिता रहेको थियो ।

उक्त घरदैलो कार्यक्रममा उमेदवार पौडेलले शान्ति र संविधान निर्माणका लागि काग्रेसको विकल्प नभएकोले काँग्रेसमा मत हाल्न आग्रह गरेकी थिईन् । घरदैलो अघि युवाहरुले क्षेत्र नं.२ की उमेदवार पौडेललाई विजयी गराउनका लागि पोखराको रानिपौवाबाट मटर साईकल ¥याली समेत निकालेका थिए । रानिपौवाबाट शुरु भएको मटरसाईकल ¥याली महेन्द्रपुल, अमरसिह चोक रामबजार हुदै काजिपोखरी पुगी घरदैलोमा सहभागि भएको थियो ।

कमेन्टहरु
Loading...