पोखरा । नेपालमा थप १ हजार २ सय ४६ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको नमुना परीक्षण गरिएको थियो ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । हाल देशमा १६ हजार २ सय ४१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
नेपालमा विभिन्न अस्पतालमा १ सय ८२ जना आइसियु तथा ३९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । त्यस्तै मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित छन् ।
त्यस्तै सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु तथा हुम्ला कोरोनामुक्त जिल्ला हुन् ।
पछिल्लो २४ घण्टामा नेपालमा १ पुरुष सहित ३ जना महिलाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा मोरङकी ६४ वर्षीय, चितवनका ३६ वर्षीय तथा कैलालीकी ५७ वर्षीय महिलाको कोरोनाबाट ज्यान गएको छ ।
त्यस्तै काठमाडौंकी ८७ वर्षीय महिलाको कोरोनाबाट ज्यान गएको छ । यससंगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ सय ८३ पुगेको छ ।