सागर राज तिमिल्सिना/पोखरा, २३ कात्तिक ब्रतालुले रातभरको जाग्रामपछि शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिने महापर्व छठको समापन भएको छ । तराई एवं मुलुकको अन्य भाग झैं पोखराको फेवाताल किनारा र नदिपुरमा पनि एका बिहानदेखि सूर्यको प्रतिक्षामा उपासक एवं परिवार लामवद्ध थिए ।
पूर्व क्षितिजमा लालिमा छर्दै सूर्य देखिएपछि सबैमा खुशियाली छाएको थियो । अन्तिम पटक सम्पूर्ण पुजन सामग्रीसहित अर्घय दिएपछि लोकगीत, भजन किर्तन र कथा वाचन भएको थियो । त्यसपछि ठूलो संख्यामा भेला भएका दर्शनार्थीलाई प्रसाद बाँडदै ब्रतालु परिवार घर फर्केका थिए ।