पछिल्लो २४ घण्टामा एकैपटक १५ सय ३९ जना संक्रमित थपिए, थप ८ जनाको कोरोनाबाट मृत्यु

पोखरा । नेपालमा थप १ हजार ५ सय ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो नेपालमा अहिलेसम्म कै उच्च संक्रमित दर भेटिएको हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ । यो अवधीमा थप १० हजार ४ सय ९४ जनाको नमुना परीक्षण गरिएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा १६ हजार २ सय ४२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै नेपालमा कोरोनामुक्त भएर पछिल्लो २४ घण्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरसमुक्त हुनेको कुल संख्या ४१ हजार ७ सय ६ जना पुगेको छ । नेपालमा थप ८ जनाको कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ सय ७९ पुगेको छ ।

कमेन्टहरु
Loading...