एमालेको विजय विना संविधान असम्भव–खगराज अधिकारी

पोखरा, २३ कात्तिक/एमाले क्षेत्र न २ ले अन्र्तगत पोखराका १२ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य खगराज अधिकारी, उम्मेदवार कृष्ण थापा, समानुपातिक उम्मेदवार जगत विश्वकर्मा, गजकुमारी गुरुङ, दिलु पन्त, क्षेत्र न २ का संयोजक जीवन आर्चाय, पूर्ण लामा लगायतको सहभागितमा घरदैलो कार्यक्रममा गरेको हो ।

घरदैलो कार्यक्रमपछि बोल्दै एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य खगराज अधिकारीले नेकपा एमालेको विजय विना संविधान निर्माण असम्भव भएको बताउनु भयो । उहाँले एमाओबादीले जातीय राज्यका नाममा समाजमा जातीय भडकाव फैलाउन खोजेको भन्दै राष्ट्रिय अखण्डता र जातीय सद्भाव कायम राख्न एमालेको विजय आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले विगतमा एमालेको नीतिको विजय भएपनि नेतृत्व नहुदाँ संविधान बन्न नसकेको बताउदै आगामी निर्वाचनले नीति र नेतृत्व एमालेकै हुने जिकीर गर्नुभयो ।

एमाले उम्मेदवार कुष्ण थापाले समग्र पोखराको विकास र जातीय एकता कायम राख्दै बहुपहिचान सहितको संघियता र लोकतान्त्रिक संविधान निर्माणका लागी एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । त्यस्तै आजै पोखरा १६ बाटुलचोरमा पनि एमाले २ ले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।उम्मेदवार कृष्ण थापा सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको एमालेले जनाएको छ । त्यस्तै पोखरा २ अन्र्तगत पोखरा १० को नागिन टोलमा एमाले उम्मेदवार सहित अन्र्तक्रिया सम्पन्न भएको छ ।

कमेन्टहरु
Loading...