अनि ८०९८ को ज्यानमा जोश भरियो …

रिना थापा

८०९८ । छोटकरीमा भन्दा गाडी लाइनमा चालकलाई बोलाइने नाम । यही ८०९८, अर्थात् लोकबहादुर आले (माइला) करिब साढे ५ महिना लामो लकडाउनबाट निरश थिए । दैनिकी मोबाइलमै व्यस्त हुन्थ्यो । यत्तिकैमा शुक्रबारको दिन उनको मोबाइलमा कतैबाट सूचना आयो ‘२८ गते आइतबारदेखि सार्वजनिक सवारीसाधन चल्ने ।’

सूचना पढेपछि थोरै अविश्वासकासाथ पुनः दोहो¥याए । अन्य साइटतिर आँखा दौडाए । खबर पक्का थियो । सूचना पाए लगत्तै पृथ्वीचोकस्थित डेरामा बसिरहेका माइला ज¥याकजुरुक उठे । उनको शरिमा बेपत्ताको जोश भरिएर आयो । साँझ करिब ५ बजेको थियो । लकडाउन र निषेधाज्ञाले रोजगार भएर पनि बेरोजगार बनेका उनी यत्तिका दिनसम्म थन्क्याएर राखेको गाडी सर्भिसिङ गर्न कस्सिए । तर अबेर भइसकेकाले भोलिपल्ट शनिबार गाडी मर्मत गर्ने सोच्दै केहि राहतको सास फेरे ।

भोलिपल्ट आइतबार करिब ७ बजे डेराबाट ग १ ख ८०९८ को माइक्रोबस लिएर पृथ्वीचोकको सडकमा निस्किए । उनको रुट काहुँखोला–हल्लनचोक थियो । बिना यात्रु बस गुडाउँदै हल्लनचोक पुगे । त्यहाँबाट फेरि काहुँखोला पुग्दासम्म पनि उनको बसमा फाट्टफुट् यात्रु थिए ।

उनले छनक पाइहाले, बस निकालेपनि आम्दानी हुँदैन । बिहान घरबाट खाना नखाई निस्केका उनी काँहुखोला स्टेशन पुगेर सहचालकसँगै चिया पिए । यतिबेला होेटल तथा रेष्टुरेन्ट बन्द भएका कारण चियामै दिन बिताउनुपर्ने स्थिति आयो ।

त्यहाँबाट उनले हल्लनचोक नगई बगर र छोरेपाटनको रुट जाने तर्खर गरे । त्यसपछि उनको यात्रा बगरदेखि सुरुवात भयो । छोरेपाटन, राष्ट्रबैँकचोक तिर भने बैँक र अफिस खुलेका कारण बस चढ्ने यात्रु भए ।

उनी दिँउसो करिब सवा २ बजे बगर स्टेशनमा भेटिए । त्यतिन्जेलसम्म उनले ४ पटकसम्म ‘अप–डाउन’ गरिसकेका रहेछन् । तर, कन्डक्टरकोे हातमा एउटा ५ सय र ३–४ वटा सयका नोटमात्र देखिन्थे । त्यसपछि उनीसँगै यात्रा सुरु गरियो । बस छोरेपाटनको रुटमा अघि बढ्यो । लामो समयपछि उनको हातमा स्टेरिङ र खुट्टामा ब्रेक, क्लच परेको थियो । बस अघि बढ्दै गर्दा उनमा फेरि पहिलेझैं लकडाउन दोहोरिने हो कि ! भन्ने चिन्ता रहेको प्रष्ट बुझ्न सकिन्थ्यो ।

‘सरकार पनि अलि समय खोल्छ अनि बन्द गरिहाल्छ अब फेरि कहिले बन्द हुने हो’ माइलाले गुनासो पोखे, ‘खुलेको बेला यसो दुईचार पैसा जोडौं भनेको यात्रु नभएर अर्को तनाव ।’ नदीपुर चोक पुग्दासम्म बस चढ्न कसैले हात उठाएन । अगाडिको सिसाबाट खाली बसलाई हेर्दै माइलाले भने, ‘यस्तै हो, कोहि छैन, बिहानबाट आज तेल हाल्ने पैसा पनि उठ्दैन जस्तो छ ।’

चिप्लेढुंगा पुग्दा हातका औलामा गन्न सकिन्ने यात्रु थिए । अरुबेला यात्रु चढाउन ठेलमठेल हुने चिप्लेढुंगाको बस स्टेशनमा छोरेपाटन जाने रुटको बस त्यति एउटामात्र थियो । पृथ्वीचोकमा केहि मिनेट बस जाममा प¥यो । अगाडि प्राइभेट गाडीले बनाएको जामलाई इंगित गर्दै माइला फत्फताए, ‘हामी कालो नम्बर प्लेटलेमात्र कोरोना सार्नेजस्तो, हामीलाई मात्र बन्द गर्छन्, कमाइ छैन, गाडिको किस्ता तिरेको छैन ।’

उनले वैशाख १३ यता बसको किस्ता तिर्न नसकेका रहेछन् । श्रीमती यातायात कार्यालयमा जागिरे भएकाले धेरथोर घरखर्च चल्दोरहेछ । परिवारमा १३ र ९ वर्षका छोरा रहेछन् । अब स्कुल सुरु भए शूल्क तिर्ने गाह्रो हुने उनले बताए । ०६१ सालदेखि बस चलाउन थालेका अब आगामी दिनमा यही पेशाबाट परिवार पाल्न असहज हुने उनको ठम्याई छ ।

‘जाउ त कता जाउ, अरु सीप छैन’ उनले सुनाए । छोरेपाटन पुग्दासम्म त्यति यात्रु थिएनन् । फर्किदा भने केहि यात्रु चढे । माइलाले केही राहतको महुशस गरे । फर्किएर नदिपुर चोक आइपुग्दा तेल र खाजा खर्च उठेको उनले सुनाए । १ हजार तेल खर्च र ४ सय रुपैयाँ आफु र सहचालकलाई खाजा खर्च भाग लगाउँदा दिनभरको आम्दानी भने शून्य रह्यो । साँझको ३ बजे त्यहीँ स्थान आइपुग्यौं जहाँबाट गन्तव्य सुरु गरेको थियौं ।

अब भने माइला फेरि अप–डाउन गर्ने सोचमा थिएनन् । काम गरेर पनि आम्दानी शून्य भएपछि उनी गाडी थन्क्याउन साँझ नपर्दै पृथ्वीचोक लागे । छुट्टिने बेला माइला भन्दै थिए, ‘मान्छेको जात सँधै आशमा बाँचेको हुन्छ, आज नभएपनि भोलीदेखि कमाई होला भन्ने मेरोपनि आश छ ।’

https://www.facebook.com/watch/?v=1311969679153599&extid=FPkEMwLyh8ALTQr1

कमेन्टहरु
Loading...