राष्ट्रिय परोपकार महासंघको संगठन विस्तार

पोखरा २३ कार्तिक/राष्ट्रिय परोपकार महासंघ नेपालले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ । यसै सिलसिलामा शनिबार पोखरा नगर समिति र युवा जिल्ला समिति कास्की गठन भएको छ । महासंघ कास्की जिल्ला कार्यसमितिको आयोजनामा भएको भेलाले हित बहादुर भण्डारीको अध्यक्षतामा नगर स्तरीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा टिकानिधि बराल, सचिवमा कृष्णमणी भूत्र्याल, कोषाध्यक्षमा बशन्त बास्तोला चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा नरबहादुर बानिँया र सूर्यबहादुर कार्की रहेका छन् भने सल्लाहकारहरुमा सञ्जयकुमार श्रेष्ठ, सिद्धिबहादुर कार्की, शिवराम लम्साल, बासुदेव बराल र ज्ञानेन्द्र सुवेदी चयन भएका छन् ।भेलाले कमल बहादुर बस्नेतको अध्यक्षतामा परोपकार कास्की जिल्ला युवा समिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्रेश्वर वस्ताकोटी, सचिवमा राम मोहन आचार्य, कोषाध्यक्षमा बेनिस थापा रहेका छन् । समितिको सदस्यहरुमा राजेन्द्र पराजुलि, शिव गौतम, शरद काकी, सुगम विकास कोइराला, नरायणी कुँवर , सुजा महत, लक्ष्मी पोखरेल, डा.सुजन बाबु पौडेल रहेका छन् ।
दुवै समितिलाई पछि विस्तार गरिने सो भेलामा जानकारी दिइएको छ । यस अघि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भागत भाष्कर कमलनयन गौतमले संस्थाले आगडि सारेका कार्यहरुलाई जिन्त राख्दै पुरा गर्न सवैलाई आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...