मतदाता परिचयपत्र वितरण २८ गते देखि आयुक्त उप्रेती

सागर राज तिमिल्सिना
पोखरा, २३ कात्तिक /मतदाता परिचयपत्र वितरण हुने नहुने भन्ने अन्योलता रहका बेला प्रमुख निवार्चन आयुक्त निलकण्ठ उप्रेतीले मतदाता परिचयपत्र कात्तिक २८ गतेबाट वितरण गर्ने बताएका छन् । मतदन अधिकृत तथा सहायक मतदान अधिकृतहरुको निवार्चन व्यावस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रमको समापन प्रमुख आयुक्त उप्रेतीले कार्यक्रमा मतदान केन्द्र र नगरपालिकामा वडा कार्यालयबाट परिचयपत्र वितरण गरिने बताए ।

उप्रेतीले परिचयपत्र सबै छपाउने काम सकिएको बताउदै २८ देखि ४ दिन सम्म लगातार मतदान केन्द्र र वडा कार्यालयबाट मतदान परिचयपत्र बाढिने बताए । उनले मतदान अधिकृतलाई जिल्ला निवार्चन कार्यालयबाट २८ गते परिचयपत्र दिइने र उनीहरुले सोही दिनबाट बाड्ने बताए । आयुक्त उप्रेतीले देशभर ८५ प्रतिशत भन्दा बढि मत खस्ने अनुमान गर्दै निवार्चनको करिब ७५ प्रतिशत काम सकिएको बताए ।

उनले शुरक्षालाई मध्येनजर गरेर सबै मतदान अधिकृतलाई ट्रयाक सिस्टममा राखिने बताए । उनले निवार्चनलाई शुरक्षा दिनका लागी म्याक्रो मनिटर समेत जिल्ला जिल्लामा पुगी सकेको बताए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय प्रमुख लोकदर्शन रेग्मी, कास्कीका प्रमुख जिल्ला अधिकारी यादवराज कोइराला, कास्की प्रहरी प्रमुख केदार रिजाल लगाएतले कास्कीका अति सम्बेदनशिल निवार्चन केन्द्रलाई क्रमश घटाउदै लगेको बताए ।

कास्कीमा ५१ वटा निवार्चन केन्द्र अतिसम्बेदन शिल रहेकोमा अहिले घटाएर १७ मा झारेको उनिहरुले बताए । शुरक्षामा पुर्ण शुधार भएको बताउदै सबैलाई ढुक्क भएर निवार्चनमा भोट हाल्न जान उनिहरुले आग्रह गरे । अभिमुखिकरणमा ६ सय २७ जना मतदान अधिकृत र साहेक अधिकृत र २ सय जना मतगणकहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...