सरकारद्वारा ओम्नीलाई कालो सुचीमा राख्ने निर्णय

काठमाडौं । सरकारले ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनल (ओबिसिआई) लाई १ वर्षसम्म सार्वजनिक निकायको खरिदमा भाग लिन नपाउने गरी कालो सुचीमा राख्ने निर्णय गरेको छ ।

कोरोना नियन्त्रणका लागि स्वास्थ्य उपकरण आयातको जिम्मा पाएर पनि काम गर्न नसकेको भन्दै सरकारले ओम्नीलाई कालो सुचीमा राख्ने निर्णय गरेको हो । सरकारले आम्नीलाई कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने सामान कयौं गुणा महंगोमा जिम्मा दिए पछि चौतर्फी आलोचना भएको थियो ।

ओम्नीसंग सरकारले सामान आयातका लागि सम्झौता गरे पनि समयमा ल्याउन सकेको थिएन । समयमा सामान आपूर्ति नगरेको तथा कयौं गुणा महंगोमा सम्झौता गरेको भन्दै सरकारको आलोचना भए पछिस्वास्थ्य सेवा विभागले गत चैत्रमा ओम्नीसंगै भएको सम्झौता रद्द गर्दै कारवाही गर्ने बताएको थियो । ओम्नीले ल्याएको ५० हजार ¥यापिड टेस्ट किट समेत काम नलाग्ने भएको भन्दै जनस्वास्थ्य विज्ञहरुले नै आलोचना गरेका थिए ।

कमेन्टहरु
Loading...