काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिदै छ ।
उनको कार्यकालको अन्तिम दिन भए पनि अबको प्राधिकरणको कार्यकारी निर्देशक को हुन्छ भन्ने अझै टुंगो लागेको छैन । २०७३ भदौ २९ गते उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको थिए ।
१८ घण्टासम्म लोसेडिङको समस्या भोगेका नेपाली नागरिकलाई उज्यालो प्रदान गर्ने श्रेय घिसिङलाई नै जान्छ । त्यसैले पनि आम नागरिकले उनलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्नुपर्ने माग राखिरहेका छन् ।
तर उर्जा मन्त्रालयले उनको पुनः नियुक्तिलाई मन्त्रिपरिषदमा नपु¥याएको स्रोतको दावी छ । मन्त्रीपरिषदको बैठक हप्तामा २ पटक सोमबार तथा बिहीबार बस्ने गरेको छ । अब बस्ने मन्त्रिपरिषदको बैठकले उनलाई पुनः नियुक्त नगरेको खण्डमा भालिबाट उनी विद्युत प्राधिकरणको कार्यालयमा जाने छैनन् ।
प्राधिकरणले उनको विदाईमा कुन औपचारिक कार्यक्रमको आयोजना नगर्ने बताएको छ ।