उत्तरी भेगको चुनावी अभियान सकेर जिसीको टोली लेखनाथ फिर्ता

पोखरा, २२ कात्तिक /नेकपा एमाले कास्की क्षेत्र नं १ का उम्मेदवार मानबहादुर जिसीको टोली उत्तरी भेगको चुनावी अभियान सकेर शुक्रवार लेखनाथ नगर फिर्ता भएको छ । जिसीको टोलीले उत्तरी भेगको सिक्लेस, सैमरयाङ, थुमाकोडाँडा, नामार्जुङ,पार्चे लगायतका गाविसमा घरदैलोसहित चुनावी सभा सम्पन्न गरि अबको चुनावी अभियान लेखनाथ नगरमा केन्द्रित गर्ने गरि नगरप्रबेश गरेको हो ।

साताब्यापी भ्रमणमा रहँदा उत्तरी भेगका जनताले संविधान निर्माणलाई प्राथमिकताका साथ राख्न आफुलाई सुझाव दिएको र जनताको सुझाव अनुसार नै आफु अगाडि बढ्ने जिसीले बताउनुभयो । उम्मेदवार जिसीको टोलीले शुक्रबार नै लेखनाथ १० तालबेशीबाट घरदैलो कार्यक्रम सुरु गरेको र लेखनाथ वडा नं ३ र १२ मा स्थानिय नेताहरुको नेतृत्वमा घरदैलो अभियान गरिएको एमाले सम्पर्क कार्यालय शिशुवाले जनाएको छ । कास्कीको घयाम्रुङमा आयोजित सभामा तरुण दल जिल्ला सदस्य राम गुरुङ सहित १५ सदस्य नेकपा एमाले प्रबेश गरेको युवा संघ नगरअध्यक्ष शुवास सापकोटाले बताउनुभयो ।

यसैविच चुनावी अभियान अन्र्तगत शनिबार लेखनाथमा उम्मेदवार जिसी सहित बृहत साँस्कृतिक कार्यक्रम गर्दे घरदैलो अभियान संचालन हुने भएको छ । शिशुवाचोकबाट सुरु हुने साँस्कृतिक कार्यक्रमसहितको घरदैलो अभियान खुदि, गगनगौडा, भण्डारढिक, तालचोक हुँदै पुन ः शिशुवामा पुगि सभामा परिणत हुने सम्पर्क कार्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...