ललितपुरका विभिन्न अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरका विभिन्न अस्पतालमा उपचारका क्रममा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा १ जना काठमाडौं तथा अन्य २ जना भक्तपुरका हुन् । उनीहरुको पाटन अस्पताल तथा मेघा अस्पतालमा मृत्यु भएको हो । मेघा अस्पतालमा उपचाररत ३८ वर्षीय पुरुष भदौ २६ गते अस्पताल भर्ना भएका थिए । भक्तपुर घर भएका उनको आज बिहान मृत्यु भएको हो ।

यता ललिपुरको पाटन अस्पतालमा उपचाररत रहेका भक्तपुरका ७२ तथा काठमाडौंका ५१ वर्षीय पुरुषको समेत कोरोनाबाट मृत्यु भएको छ । भदौ १७ गते अस्पताल भर्ना भएका भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राति पौने १० बजे मृत्यु भएको हो । सोही अस्पतालमा उपचाररत काठमाडौंका ५१ वर्षीय पुरुष भदौ १९ गते अस्पताल भर्ना भएका थिए । उनको आज बिहान २ बजे कोरोनाबाट मृत्यु भएको हो ।

कमेन्टहरु
Loading...