कांग्रेस क्षेत्र नम्बर ४ कास्कीको घरदैलो अभियान तिब्र

कात्र्तिक २१, पोखरा आउँदो संविधान सभा निर्वाचनका लागी नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कास्कीले आफ्नो चुनावी अभियान अन्तर्गत बिहिबार कास्कीको विभिन्न गाविसका वडाहरुमा आफ्नो घरदैला अभियान तिब्र पारेको छ । घरदैलो कार्यक्रम अन्तर्गत विहान सराङकोट गाविसको सेदी बगर बाट शुरु भएको घरदैलो कार्यक्रम खपौंदी हुँदै भकुण्डे, बाँसकोट, लौरुक, अङकुना, ठुलाखेत, घाँटीछिना, दमदमे, कुद्मी डाँडा र सिदानेमा पुगेर सम्मपन्न भएको हो ।

घरदैलो अभियानकै क्रममा विहान पामेमा भएको कोण सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार महादेव गुरुङले त्यस क्षेत्रको विकासमा विगतदेखि नै आफू सक्रिय रहेकाले अझै पनि आफूमा त्यो काम गर्ने आँट र क्षमतामा रहेकोले जनतालाई विकास निर्माणका गतिविधिमा फेरि पनि ढुक्क हुन आग्रह गर्नुभयो । उम्मेदवार गुरुङले विगतमा स्थानीय निकाय तथा राज्यमन्त्री समेत भएर आफूले काम गरिसकेकाले त्यस क्षेत्रको विकासका लागि श्रोत र साधन परिचालनमा आफ्नो राम्रो अनुभव रहेकोले अब त्यस क्षेत्रका जनताले आफूलाई विजयी गराएमा विकास निर्माणका गतिविधिले अझ तिब्रता पाउनेमा विश्वस्त रहन आग्रह समेत गर्नुएभयो ।

जवाफमा त्यस क्षेत्रका जनताले भोट जिम्मा जनताहरुलेनै लिने र संविधान निर्माण लगायत विकास निर्माणको जिम्मा महादेव गुरुङले लिनुपर्ने बताएकोले सोही अनुरुप आँफू अगाडी बढ्ने समेत नेता गुरुङले बताउनुभयो । स्थानीय कांग्रेस नेता भिम बहादुर परियारको अध्यक्षतामा भएको कोण सभामा कांग्रेस कास्कीकोटका नेता दुर्गा तिमिल्सीना, प्राध्यापक बेदहरी तिमिल्सीना, युवा नेता श्याम गुरुङ लगायतले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

विहिबार क्षेत्र नम्बर ४ को सराङकोट, कास्कीकोट, भदौरे, चापाकोट लगायतका गाविसमा भएको घरदैलो कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मासँगै प्रत्यक्ष उम्मेदवार महादेव गुरुङ, समानुपातिक उम्मेदवार हरिमाया गूरुङ, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, क्षेत्रिय सभापति आई बहादुर गुरुङ, क्षेत्रिय सचिव खिमलाल बाँस्तोला, जिल्ला सदस्य देवेन्द्र कुमार शेरचन, किसान संघका जिल्ला सभापति भेषराज पराजुली लगायतका स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...