पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गरिने

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का संक्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सहप्रा.डा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका संक्रमितलाई रक्तदान गर्न आग्रह गरेका छन् ।

रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्ने छन् । डा. आचार्यका अनुसार यो विधिको लागि संक्रमितले आफ्नो रिर्पोट नेगेटिभ आएको २ हप्तामा रक्तदान गर्न सक्ने छन् । यस विधिबाट उपचार गर्दा संक्रमित छिटो निको हुन्छन् ।

त्यसैगरी कोरोना संक्रमितका लागि बनेको रेम्डिसिभर भ्याक्सिन पनि प्रयोग गरिएको डा.आचार्यले जानकारी दिएका छन् । ‘हामीले २ संक्रमितमा यो भ्याक्सिन प्रयोग गरिसकेका छौं, अरु भ्याक्सिन पनि मगाएका छौं ।’, आचार्यले भने ।

कमेन्टहरु
Loading...